Sunday, February 20, 2022

स्थानीय निर्वानमा केन्द्रित हुनुस–प्रवक्ता महत

 


नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले आसन्न स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन कार्यकर्तालाई आह्वान गरेका छन । स्थानीय निर्वाचनको मिति नजिक आईसकेकोले कांग्रेसका नेता÷कार्यकताले निर्वाचन जित्ने गरी तयारीमा रहन महतले आग्रह गरे । 

‘स्थानीय निर्वाचनलाई लक्षित गरेर कांगे्रसले घर–घर जाऔं, कांग्रेस जिताऔं भन्ने अभियान सञ्चालन गरेको छ’–प्रवक्ता महतले भने–‘चुनावको लागि मात्र जनताको घरदैलोमा पुग्ने होईन, कांग्रेसका निती, कार्यक्रम र विचार बुझाउन आम कांग्रेस कार्यकर्ता जनताको घरदैलोमा सधैं रहनुपर्छ । ’

नेपाली कांग्रेस नुवाकोटको प्रतिनिसभा क्षेत्र नं १ को क्षेत्रीय कार्यालय र क्षेत्र नं १ को प्रदेश (ख)को प्रदेश कार्यालयको आज छहरे बजारमा सयुक्तरूपमा उद्घाटन गर्दै प्रवक्ता डा महतले पार्टी अधिवेशनका क्रममा देखिएका तिक्तता बिर्सिएर आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउनतर्फ लाग्न निर्देशन दिएका हुन् । “पार्टीमा हालै सम्पन्न भएका आन्तरिक प्रतिस्पर्धाका रूपमा आसन्न निर्वाचनलाई लिनुहुन्न”, उनले भने, “पार्टीको निर्माण निर्वाचन जितेर सत्तामा पुग्नु भएकाले आम निर्वाचनमा खुट्टा कमायौँ भने क्लबजस्तो मात्रै हुन्छौँ, जनताको सेवाका लागि सत्तामा पुग्न आसन्न निर्वाचनमा जीत प्राप्त गर्नतर्फ लाग्नुपर्छ ।”

वडा तहदेखि नै सङ्गठन बलियो बनायो भने पार्टीको संरचना पालिका हुँदै जिल्लासम्म बलियो बनाउन सकिनेतर्फ स्मरण गर्न कार्यकर्ताको ध्यनाकर्षण गराए। आसन्न स्थानीय तहको निर्वाचनमा जुन पार्टी बलियो हुन्छ, सोही पार्टीले त्यसपछिका निर्वाचन आफ्नो पक्षमा बनाउने हँुदा वडादेखि नै चुनावी माहोल आफ्नो पक्षमा बनाउनतर्फ लाग्न प्रवक्ता डा महतले आग्रह गरे । 


यस्तै कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य बहादुरसिंह लामा तामाङले हरेक निर्वाचनमा पार्टीलाई जिताउनको लागि पार्टीको हरेक संगठन एक ढिक्का हुनु आवस्यक रहेको बताए । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडाले कांग्रेसको सङ्गठन बलियो भए पनि पार्टीभित्रको आन्तरिक समस्या समाधान गरेर अघि बढ्न पार्टीले गम्भीररूपमा लिएको बताए । 

कार्यक्रममा नेपाली कांग्रेस वागमती प्रदेश सभापती इन्द्र बानियाले कम्युनिष्टहरुले गरिव र निमुखाको बारेमा कुरा गरेता पनि धनाढ्यको लागि काम गर्दै आइरहेको आरोप लगाएका छन् । जनताई लोभ, त्रास र आश नभई विश्वास बाड्ने काममा कांग्रेस केन्द्रित हुदै आएको उनले बताए । 


कार्यक्रममा बागमती प्रदेशको स्वास्थ्य राज्य मन्त्री कल्पना नेपाली, नेपाली कांग्रेस जिल्ला सभापती रमेशकुमार महत, उपसभापती सन्तमान तामाङ, क्षेत्रीय सभापती धु्रव श्रेष्ठ, महासमिति सदस्य अर्जुन न्यौपाने, सुर्यगढी गाउँपालिका अध्यक्ष सन्तबहादुर घले, शिबपुरी गाउँपालिका उपाध्यक्ष मञ्जु केसी, लिखु गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष हरिशरण लामिछाने लागयतले अनुसाशनमा रही पार्टीलाई सञ्चालन गरी सबै तहको निर्वाचन जित्ने गतिविधि सञ्चालन गर्ने प्रतिवद्धता जनाएका छन् ।

नेपाली कांग्रेस नुवाकोटको प्रतिनिसभा क्षेत्र नं १ क्षेत्रीय प्रदेशको कार्यालय स्थापना भएसँगै पार्टी गतिविधि अघि बढाउन, बैठक सञ्चालन, सम्पर्क तथा जनताको सेवा प्रवाह, पार्टीसँग सम्बन्धित कागजातको सुरक्षालगायतमा सहयोग पुग्ने विश्वास लिइएको क्षेत्रीय सभापति धुव्र श्रेष्ठले बताए।


No comments:

Post a Comment