Monday, February 21, 2022

निर्वाचित वडाध्यक्ष सुब्बा लागे समाजवादी तिर


नुवाकोट/नेकपा एमालेवाट निर्वाचित वडा अध्यक्ष नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन् । बेलकोटगढि वार्ड नं. १ मा एमाले वाट निर्वाचित वडा अध्यक्ष सुब्वा लामा नेकपा एकिकृत समाजवादी प्रवेश गरेका छन् ।

नेकपा एस बेलकोटगढी नगर आयोजक कमिटिको भेलामा लामा नेकपा एस प्रवेश गरेका हुन्।नेकपा एस पोलिट्व्युरो सदस्य तथा नुवाकोट ईन्चार्ज राजेन्द्र प्रकाश लोहनीले लामा लाई पार्टीमा प्रवेश गराउदै सच्चा र ईमान्दारहरुको जमघट यहि नेकपा एसमा हुने भन्दै उचित जिम्मेवारी दिने बताए । नुवाकोटको भुगोलमा कम्युनिष्ट बनाउदै हिडेको स्मरण गराउदै जोस,जाँगर र ईमान्दारिताका साथ संगठन निर्माणमा लाग्न कार्यकर्तालाई निर्देशन दिदै समग्र नुवाकोट समाजवादिको किल्ला बनाउने बताए । प्रवेश कार्यक्रममा बेलकोटगढी नगरपालिका–७ वाट काङ्ग्रेस परित्याग गरि रामचन्द्र राईको नेतृत्वमा ९ जना नेकपा एस प्रवेश गरेका छन् । त्यसैगरी बेलकोटगढी–१३ वाट एमाले परित्याग गरि गणेश कुमार लोहनी र कृष्ण प्रसाद पाण्डे नेकपा एस प्रवेश गरेका छन् । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी समाजवाका केन्द्रीय परिषद् सदस्य तथा जिल्ला कमिटी सदस्य सुर्य बहादुर कडेल,नेकपा एसका नेता अच्युत पाण्डे ,नेपाल कम्युनिष्ट पार्टी समाजवादीका जिल्ला उपाध्यक्ष शान्ता थापा,सचिव पदम उप्रेती,उपसचिव तथा खेलकुद विभाग प्रमुख उद्वव पनेरु,विदेश विभाग सचिव डा.शंकर खतिवडा,आर्थिक विभाग प्रमुख रामकृष्णराज भण्डारी,जिल्ला कमिटि सदस्य प्रकाश नेपाल, नारायण नेपाल, दिपेश चित्रकार,प्रदेश सदस्य उपेन्द्र खनाल,युवासंघका नेता नवीन न्यौपाने,सुनिल चित्रकार,प्रगतिशिल शिक्षक संगठनका अध्यक्ष राजु तिमल्सिना लगाएतको उपस्थिति रहेको थियो । 

नेकपा एकीकृत समाजवादी पार्टीको बेलकोटगढी नगर संगठन कमिटीले आयोजक कमिटी गठन गरेको छ । नेकपा एसका नेता नारायण नेपाल जमदारको अध्यक्षतामा ३१ सदस्यिय आयोजक कमिटि गठन भएको हो । कमिटीको सहसंयोजकमा पुरुषोत्तम वाग्ले र राधिका डंगोल, सचिवमा गोपि प्रसाद रेग्मी सहित ३१ सदस्यीय कमिटी चयन गरिएको हो । त्यसैगरि अनेमसंघ बेलकोटगढीको संयोजकमा गोमा आले खनाल,सहसंयोजक देउती तामाङ लगाएतको १५ सदस्यिय कमिटी गठन गरिएको हो । त्यसैगरी, बेलकोटगढी नगरपालिका वार्ड नं ८ मा वडा भेला आयोजक कमिटि समेत गठन भएको छ। सोमप्रसाद खतिवडा संयोजक र ठाकुर प्रसाद अधिकारी सहसंयोजक रहने गरि ९ सदस्यिय आयोजक कमिटि गठन गरिएको हो । कार्यक्रमको प्रमुख अथिति पुर्व सांसद तथा पार्टी इन्चार्ज राजेन्द्र प्रकाश लोहनी रहनुभएको थियो । 

यसैविच, समाजवादीले वेलकोटगढी नगरपालिका–२ मा वडा कमिटी गठन गरेको छ । नेकपा एसको सचिवालय सदस्य प्रकाश नेपालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमा वेलकोटगढि नगरपालिका–२ मा संगठन विस्तार अभियान अन्तर्गत गोपीप्रसाद रेग्मीको अध्यक्षतामा ३१ सदस्यिय वडा कमिट चयन गरेको हो ।  नेपालका अनुसार उपाध्यक्षमा सावित्री तिमल्सिना र जानकी प्रसाद न्यौपाने रहेका छन् भने सचिवमा रामचन्द्र न्यौपाने,उपसचिवमा दिपक तामाङ र गंगा ढुङ्गाना लगाएतको ३१ सदस्यीय रहेका छन् ।


No comments:

Post a Comment