Saturday, February 19, 2022

उपसभामुख तामाङद्धारा शैक्षिक सामाग्री वितरण

 फागुन ७

नुवाकोट/शिवपुरी गाउँपालिकाका दुई विद्यालयलमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । शेरा स्मृति स्वास्थ्य शिक्षा प्रतिष्ठानले शिवपुरी–३ को श्री मैदान आधारभूत विद्यालय र मंगलादेवी आधारभूत विद्यालयका विद्यार्थीहरुका लागि विद्यालय झोला, कपी, सिसाकलम, सापनर र इरेजर वितरण गरिएको हो ।

प्रतिष्ठानका संरक्षक समेत रहनुभएका वाग्मती प्रदेशसभाका उपसभामुख राधिका तामाङले मैदान आधारभूत विद्यालयमा पुगेर उक्त शैक्षिक सामाग्री वितरण गरेकी हुन् । सामाग्री वितरण गर्दै उपसभामुख तामाङले आफू आत्मिक कुरामा त्यति विश्वास नगर्ने भएकोले पुजा पाठ गर्नु भन्दा बुबा आमाको नाममा प्रतिष्ठान बनाएर थोरै भए पनि स्वास्थ्य र शिक्षा क्षेत्रमा सहयोग गर्दै आएको बताईन । उनले सबैले आफ्ना आमाबुवालाई माया गर्नु पर्ने बताउँदै हामीले माया गरेमा भावी सन्तानले पनि हामीलाई त्यस्तै माया दिने बताईन । उक्त प्रतिष्ठान आफ्ना दिवंगत बुवा शेरबहादुर तामाङ र आमा राम्री तामाङको स्मृतिमा स्थपाना भएको र बुवा शेरबहादुर तामाङको ११ औं वार्षिकीको सन्दर्भमा ती समाग्री वितरण गरिएको उपसभामुख तामाङले जानकारी दिईन् । कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष बिरबहादुर तामाङले स्वस्थ रहनका लागि शिक्षाको आवश्यकता रहेको हुनाले यस प्रतिष्ठानले शिक्षा र स्वास्थ्यको लागि विगत देखि नै सहयोग गर्दै आईरहेको बताए । उनले विगतमा प्रतिष्ठानले स्वास्थ्य सचेतना, विद्यालय पोशाक वितरण, विरामीहरुलाई आर्थिक सहयोग तथा खेलाडीहरुलाई सम्मान गरिएको बताइन् । 

पूर्व शिक्षक तथा माओवादी केन्द्रका शिवपुरी उपाध्यक्ष शम्भु थापाले दिवंगत आमाबुवाको स्मृतिमा विद्यालयका बालबलिकालाई शैक्षिक सामाग्री दिएर शिक्षामा प्रेरित गर्ने कार्य सह्रानीय रहेको बताए । उक्त विद्यालयका प्रधानाध्यापक नारायण गुरुङले ग्रामिण क्षेत्रका बालबालिकालाई शिक्षामा प्रेरित गर्ने यस्ता सेवा कार्यहरु आगामि दिनमा पनि जारी रहोस भन्दै प्रतिष्ठानलाई धन्यवाद व्यक्त गरे । प्रतिष्ठानले उक्त विद्यालयमा अध्ययनरत ४८ जना विद्यार्थीका लागि झोलालगायतका सामाग्री वितरण गरेको थियो । विद्यार्थीहरुलाई वितरण गरिएको कपी र सीसाकलम भने समाजसेवी गार्दिका बज्रचार्यले उपलब्ध गराएकी थिईन् । आफ्ना प्रीय मित्र शान्तिराम कार्कीको कोभिड–१९ का कारण मृत्यु भएको र उहाँको सम्झना र सम्मानमा बज्रचार्यले उक्त सामाग्री उपलब्ध गराएकी हुन् । त्यसै गरी मंगलादेवी आधारभूत विद्यालयमा पनि १६ जना विद्यार्थीका लागि झोला, कपी, सिसाकलम, सापनर र इरेजर वितरण गरिएको छ । प्रतिष्ठानको व्यवस्थापनमा माओवादी केन्द्रका वाग्मती प्रदेश कमिटी सदस्य शिव खाती, प्रतिष्ठानका संस्थापक सदस्य तथा माओवादी केन्द्रका शिवपुरी अध्यक्ष मिनबहादुर तामाङ उपाध्यक्ष सुकुराम तामाङ वडा सचिव बलबहादुर लो लगायतको उपस्थितिमा ती सामाग्री वितरण गरिएको हो । त्यस्तै प्रतिष्ठानले बौद्धस्थित तामाङ राष्ट्रिय पुस्तकालयका लागि एघार हजार एकसय एक रुपैंया रकम प्रदान गरेको छ । बुधबार उपसभामुख राधिका तामाङले पुस्तकालयका अध्यक्ष भाषाविद अमृत योन्जन तामाङलाई पुस्तकालयमा पुगेर चेक हस्तान्तरण गरेकी हुन् ।  पुस्तकालयको अवलोकन गर्दै तामाङले उक्त पुस्तकालयले तामाङको अलिखित इतिहासलाई दस्तावेजीकरण गर्नका लागि भूमिका निर्वाह गर्ने विचार व्यक्त गरिन् । 




No comments:

Post a Comment