Tuesday, February 15, 2022

प्रसुती ब्यथा लागेकी महिलाको हेलिकप्टरबाट उद्वार

नुवाकोट / ३ फागुन                                                 


प्रसुती ब्यथा लागेकी एक महिलालाइ हेलिकप्टर मार्फत उद्वार गरि काठमाडौ लगिएको छ । नुवाकोटको दुप्चेश्वोर गाउँ पालिका ३ राउतबेसिकि रिता तामाङको उद्वार गरिएको हो । "रास्ट्रपति महिला उत्थान कार्यक्रम " को  निशुल्क हवाई उद्दार सेवा कार्यक्रम अन्तर्गत महिलाको उद्वार गरिएको गाउँपालिका अध्यक्ष योबिन्द्रसिङ तामाङले बताए । यो कार्यक्रमले दुर्गम क्षेत्रको ज्यान जोखिम मा परेका गर्भवती तथा सुत्केरी महिलाहरुलाई उद्दार गरि तोकिएको पायक पर्ने निर्दिष्ट अस्पतालहरुमा पुराउने ब्यबस्था गरेको छ- तामाााङ्ले  भने- गाउपालिकाको वडा न.३ राउतबेसि स्वास्थ्य चौकी बाट स्वास्थ्यकर्मी को अथक प्रयास पछी पनि सुत्केरी गराउन नसके पछी सुत्केरी महिला वर्ष २३ को रिता तामाङ हवाई उद्दार गरि  थापाथली अस्पताल लगिएको छ ।                                  यस कार्यक्रम अन्तर्गत दुप्चेश्वर गाउँपालिका बाट सेवा पाउने तामाङ  छैटौँ महिला रहेको अध्यक्ष तामाङले बताए । 

No comments:

Post a Comment