Monday, February 7, 2022



नुवाकोटको बेलकोटगढी नगरपालिकाभित्रका विद्यालयहरु आजबाट खुलेका छन् । देशभरका विद्यालय फागुन एक गतेबाट सञ्चालनको तयारी भईरहँदा बेलकोटगढीले भने एक साता अघिबाट नै भौतिक रुपमा पठनपाठन शुरु गरेको हो । 



आईतवार सम्पन्न नगर शिक्षा समितिको बैठकले विद्यालय सञ्चालनको निर्णय गरेसँगै आजबाट विद्यालयमा भौतिक उपस्थितीमा पढाई शुरु भएको छ । बैठकपछि नगरपालिकाले सूचना जारी गर्दै कक्षा ८ देखि १२ सम्मको विद्यालय स्वास्थ्य मापदण्ड पालना गर्दे विद्यालय खोल्न आग्रह गरेको थियो । नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत दामोदर दाहालद्धारा हस्ताक्षरित सूचनामा पहिलो चरणमा सोमवारदेखि कक्षा ८ देखि १२ सम्म भौतिक उपस्थितिमा पढाई हुने र अन्य कक्षाहरु वैकल्पिक सिकाइको माध्यमबाट कक्षा संचालन गर्न आग्रह गरिएको छ । यस्तै आगामी फाुगन १ गतेबाट सबै कक्षाहरु पनि भौतिक उपस्थितिमा संचालन गर्न निर्देशन दिईएको छ । 

१२ वटा स्थानीय तहमध्ये बेलकोटगढीले मात्र भौतिक उपस्थितीमा कक्षा सञ्चालन गरेको हो । यसअघि कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)कोरोना भाइरसको संक्रमण फेरि फैलिन थालेपछि कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले देशभरका विद्यालयहरू माघ १५ गतेसम्म बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो । पुस अन्तिम साता  बसेको सीसीएमसी व्यवस्थापन समितिको बैठकले १८ वर्षमुनिका बालबालिकालाई लक्षित गर्दै हिउँदे बिदाको रुपमा विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयसमक्ष सिफारिस गरेको थियो । देशभरका विद्यार्थीहरूले पूर्ण रुपमा खोप  नलगाएको र संक्रमण बढ्दै गएकोमा रोकथामका लागि उक्त सिफारिस गरिएको सीसीएमसी प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् । मन्त्रालयले हिउँदे विदा नहुने जिल्लाहरुमा वर्षे विदामा मिलान गर्ने गरी विद्यालय बन्द गर्न निर्देशन दिएको हो ।



No comments:

Post a Comment