Monday, February 14, 2022

सडक स्तरोन्नतीमा भएको ढिलाई विरुद्ध प्रदर्शन

सडक स्तरोन्नतीको काम लामो समय देखि अवरुद्ध भएको भन्दै नुवाकोटको ककनीका स्थानीयले विरोध प्रदर्शन शुरु गरेका छन् । नुवाकोटलाई राजधानी काठमाण्डौसँग जोड्ने पासाङल्हामु मार्ग स्तरोन्नतीमा भएको ढिलाई विरुद्ध स्थानीयले प्रदर्शन गरेका हुन् । 





पासाङल्हामु सडक कालोपत्रे दवाव अभियानले आईतवारबाट शुरु गरेको विरोध प्रदर्शन सोमवार पनि जारी राखेका हुन् । नो रोड, नो भोट नारा दिएर शुरु भएको अभियानमा स्थानीयवासिन्दा स्वतस्फुर्त जम्मा भई विरोध प्रदर्शन गरिरहेका छन् । सोमवार विहानैबाट सडकखण्डको विभिन्न स्थानमा प्रदर्शन सहित सडक अवरुद्ध गरिएको छ । राजधानिको फोहोर यसै सडक हुँदै ओखरपौवा ल्यान्ड्फिल साइडमा बिसर्जन हुँदै आएकोमा स्थानियले सडक स्तरोन्नति छिटो गर्न दबाब दिदै त्यसलाइ समेत रोक लगाएका छन् ।

२०७१ सालबाट तीन बर्षमा सम्पन्न हुने गरि सडक स्तरोन्नति सुरु गरिएकोमा हालसम्म काम सकिएको छैन । पुरानो सडक संरचना समेत भत्काएर काम सुरु गरिएकोमा हाल काम रोकिदा यो सडक प्रयोग गर्ने नुवाकोट र रसुवा प्रबेस गर्ने यात्रुले सास्ती ब्यहोर्दै आएका छ्न । ६ दसक अघिबाट नुवाकोट र रसुवालाइ राजधानीसङ जोड्न सन्चालनमा ल्याइएको पासङल्हामु मार्गको त्रिशुली–काठमाडौ सडक खन्ड स्तरोन्नतीको नाममा सवारी साधन सन्चालन नै हुन नसक्ने अवस्थामा पुर्याए पछि स्थानियले बिरोधका विभिन्न कार्यक्रम जारी राखेका हुन । सडक सन्चालन हुन नसक्दा सडकमा निर्भर रहेर सन्चालनमा आएका ककनी, रानिपौवा, पैतिसकिलो लगायत बजार पुर्ण रुपमा सुनसान छन । बेलकोटगढी र ककनीबाट राजधानीमा तरकारी तथा दुग्धजन्य पदार्थ पठाउन पनि किसानले सास्ती ब्यहोर्नु परेको छ । त्रिशुली जलविद्युत आयोजनाको साथै नुवाकोट र रसुवा जोड्न निर्माण भएको यो सडक पछिल्लो समय जिर्ण बन्दै गएको थियो । काठमाडौंदेखि त्रिशुलीसम्मको ७० किलोमिटर लामो यो सडकखण्ड २ लेनको बनाउने गरि काम सुरु भएको हो । यो सडक सन्चाल्न हुन नसक्दा नुवाकोट र रसुवाका यात्रुले बैकल्पिक मार्गको रुपमा गल्छी– काठमाडौ सडक प्रयोग गर्दै आएका छन । सडक स्तरोन्नतिको लागि सैलुङ कन्स्ट्रक्सन प्रालिले ठेक्का सम्झौता गरेको हो । 

कन्स्ट्रक्सनका अध्यक्ष शारदा अधिकारी नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का चर्चित घरपेटी हुन् । राजनीतिक पहुँचका आधारमा ठेक्काको काम समयमा सम्पन्न नगर्ने गरेको भनेर अधिकारीको निर्माण कम्पनी विरुद्ध अन्य स्थानमा पनि प्रदर्शन हुँदै आएका छन् ।  


No comments:

Post a Comment