Friday, July 26, 2019

देविघाट–गल्छी सडक सुचारु

रातमाटे, बेलकोटगढी । जिल्ला अस्पताल त्रिशूलीको लापरवाहीका कारण एक सूत्केरीको मृत्यु भएको विरोधमा आफन्तले गरेको सडक अबरोध हटेेेेको छ । उनिहरुलेे गल्छि–देविघाट सडक खण्डमा शुक्रवार विहानैदेखि अवरोध गरेका थिए ।  पिडित सङ बच्चाकाे नाममा बैक खातामा तारकेश्वर गापाबाट रु एक लाख, अस्पताल विकास समितिबाट रु ५० हजार र प्रशासन कार्यालयबाट थप रकम जुटाउन पहल गर्ने , घटनाकाे सम्बन्धमा अस्पताल विकास समितिले एक छानबिन समिति बनाएर अहिलेकाे घटनामा समीक्षा सहित दाेषीलाइ  कारबाही, अागामी दिनमा कमजाेरि हुन नदिने र विदुर नपाले हेलिकप्टर भाडा बेहाेर्ने भएकाले धन्यवाद दिने सहमती भयेको हो । घटनाको छानविन गरी दोषिमाथि कारवाहि र पिडितलाई न्याय दिन माग गर्दै आफन्त र स्थानीयले विरोध स्वरुप सडक अवरुद्ध गरेका हुन् ।
 बेलकोटगढी नगरपालिका वडा नम्बर ७ रातमाटेकी गोमा वस्तिलाई जिल्ला त्रिशूली अस्पतालबाट उपचारको लागी हेलिकप्टरबाट काठमाडौ लैजाने क्रममा नै मृत्यु भएपछि अस्पतालले लापर्वाही गरि सुचना ढिलो दिएकोले उनको मृत्यु भएको आफन्तले आरोप लगाएका हुन् । उच्च रक्तश्राव पछि अबश्यक रगत ब्लड बैकमा नभए पछि निकै ढिलो गरेर आफन्तलाई अस्पतालले खबर गरेको हो । उच्च रक्तस्राव हुदा समेत लापरवाही गरेको अस्पतालले ढिलो गरी काठमाण्र्डाै लैजान आग्रह गरेको थियो । उनको स्वास्थ्य अवस्थाको वारेमा हेलो सरकार सगै जिल्लाका सांसद लगायतहरुलाई गुहार्दा समेत सुनुवाई नभए पछि विदुर ५ का वडाअध्यक्ष शिव चित्रकारले हेलिकप्टरको ब्यबस्था गरेका हुन् । टिचिङ अस्पताल पुराउने वित्तिकै उनको मृत्यु घोषणाभएको थियो ।


No comments:

Post a Comment