
रातमाटे, बेलकोटगढी । जिल्ला अस्पताल त्रिशूलीको लापरवाहीका कारण एक सूत्केरीको मृत्यु भएको विरोधमा आफन्तले गरेको सडक अबरोध हटेेेेको छ । उनिहरुलेे गल्छि–देविघाट सडक खण्डमा शुक्रवार विहानैदेखि अवरोध गरेका थिए । पिडित सङ बच्चाकाे नाममा बैक खातामा तारकेश्वर गापाबाट रु एक लाख, अस्पताल विकास समितिबाट रु ५० हजार र प्रशासन कार्यालयबाट थप रकम जुटाउन पहल गर्ने , घटनाकाे सम्बन्धमा अस्पताल विकास समितिले एक छानबिन समिति बनाएर अहिलेकाे घटनामा समीक्षा सहित दाेषीलाइ कारबाही, अागामी दिनमा कमजाेरि हुन नदिने र विदुर नपाले हेलिकप्टर भाडा बेहाेर्ने भएकाले धन्यवाद दिने सहमती भयेको हो । घटनाको छानविन गरी दोषिमाथि कारवाहि र पिडितलाई न्याय दिन माग गर्दै आफन्त र स्थानीयले विरोध स्वरुप सडक अवरुद्ध गरेका हुन् ।

बेलकोटगढी नगरपालिका वडा नम्बर ७ रातमाटेकी गोमा वस्तिलाई जिल्ला त्रिशूली अस्पतालबाट उपचारको लागी हेलिकप्टरबाट काठमाडौ लैजाने क्रममा नै मृत्यु भएपछि अस्पतालले लापर्वाही गरि सुचना ढिलो दिएकोले उनको मृत्यु भएको आफन्तले आरोप लगाएका हुन् । उच्च रक्तश्राव पछि अबश्यक रगत ब्लड बैकमा नभए पछि निकै ढिलो गरेर आफन्तलाई अस्पतालले खबर गरेको हो । उच्च रक्तस्राव हुदा समेत लापरवाही गरेको अस्पतालले ढिलो गरी काठमाण्र्डाै लैजान आग्रह गरेको थियो । उनको स्वास्थ्य अवस्थाको वारेमा हेलो सरकार सगै जिल्लाका सांसद लगायतहरुलाई गुहार्दा समेत सुनुवाई नभए पछि विदुर ५ का वडाअध्यक्ष शिव चित्रकारले हेलिकप्टरको ब्यबस्था गरेका हुन् । टिचिङ अस्पताल पुराउने वित्तिकै उनको मृत्यु घोषणाभएको थियो ।
Such a Fantastic & Really Nice and original Post .Keep Posting Good ContentLike This .Thanks For Sharing .
ReplyDelete2020 Toyota Urban Cruiser
Mahindra Thar SUV 2020 Review
Automobile Cars MotorBike Travel Vlogs
Construction Cleaning Service Auckland
Everything about UV300
Mahindra XUV 300 Variant Explained
Mahindra XUV 300 Variant comparison