Friday, December 22, 2017

नुवाकोटमा वालुवा ब्यवसायीको दादागिरी भूकम्प पिडितलाई सहुलियत नदिन आन्दोलनको घोषणा

श्रीराम नेपाल ÷नुवाकोट
७ पुस । 
नुवाकोटका क्रसर तथा वालुवा प्रशोधन ब्यवसायीहरुले जिल्लाका भूकम्प पिडितलाई सहुलियतमा गीटि वालुवा दिनुपर्ने निर्णयको विरोध गर्दै कारोवार ठप्प पार्ने चेतावनी दिएका छन् । जिल्लाका गाउँपालिका तथा नगरपालिकाका प्रमुखसँगको वैठकमा जनप्रतिनिधीले भुकम्प पिडितलाई सहुलियतमा गिटी वालुवा उपलब्ध गराउन अनुरोध गरेपछि क्रसर ब्यवसायीले यस्तो निर्णय गरेका हुन् । 
व्यवसायीहरुले एक बिज्ञप्ती  जारी गदै अनिश्चीतकालका लागि बालुवा र गिट्टी बिक्री बितरण बन्द गरेको घोषणा गरेका छन् । व्यवसायीहरुद्धारा जारी बिज्ञप्तीमा भनिएको छ नुवाकोट बालुवा प्रशोधन व्यवसायी संघका अध्यक्ष राजकुमार थापा, उपाध्यक्ष प्रकाश राई र महासचिब कृष्ण अधिकारीद्धारा जारी बिज्ञप्तीमा भुकम्प पिडतलाई सहुलियत दिनुपरेमा टिफर व्यवसायी, क्रसर व्यवसायी लगायत बालुवा प्रशोधन व्यवसायी र भुकम्प पिडीतहरु सहितको एकबद्धतामा चक्का जाम र नुवाकोट बन्द समेत गरिने धम्की दिईएको छ । जनप्रतिनिधीहरुले भुकम्प पिडितलाई सहुलियत दिन गरेको आग्रहलाई ब्यवसायीहरुले अनावस्यक झमेलाको रुपमा लिर्दै आन्दोलनको घोषणा गरेका हुन् । विज्ञप्तीमा आफूहरुले भूकम्प पिडितलाई सहुलियत दिन खोजेको तर जनप्रतिनिधीले कर लगाई झमेला दिईएको आरोप लगाईएको छ । 
जिल्लामा हाल चार दर्जन बढि वालुवा प्रशोधन केन्द्रहरु रहेका छन् । नुवाकोटमा वैधानिक क्रसर उद्योग एउटा पनि नरहेको कारण घरेलु तथा साना उद्योग विकास समितिमा धादिङ जिल्लावाट वालुवा ल्याई प्रशोधन गर्ने भन्ने कागजात पेश गरेर ती केन्द्रहरु दर्ता भएका हुन् । तर, प्रशोधन केन्द्रहरुले जिल्लाकै विभिन्न अवैधानिक खानीबाट वालुवा उत्खनन् गरी प्रशोधन गर्दै आएको पाईएको छ । केहि प्रशोधन केन्द्रले प्रशोधनको ईजाजतपत्र देखाएर त्रिशूली नदीबाट वालुवा उत्खनन् गर्दै आएको समेत पाईएको छ । जथाभावी रुपमा प्रशोधन केन्द्र संचालनमा आएका छन्–वेलकोट गढी नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनालले भने–वैधानिक रुपमा संचालन गर भन्दा करोडौंको लगानी फसाउन खोजेको भनेर जनप्रतिनिधीमाथि नै ब्यवसायी खनिने गरेका छन् । ब्यवसायी र जनप्रतिनिधी विच जिल्ला समन्वय समितिको कार्यालयमा सम्पन्न अन्तक्र्रियामा ब्यवसायीहरुले पटक–पटक ब्यवसाय संचालन गर्न पाउने अधिकार कुण्ठित गरेको भन्दै जनप्रतिनिधीको आलोचना गरेका थिए । जनप्रतिनिधीहरुले लगानी गरेकै नाममा अवैध काम गर्न छुट दिन नसकिने वताएपछि ब्यवसायी र जनप्रतिनिधीविचमा वाकयुद्ध नै चलेको थियो । विदुर नगरपालिकाकी उपप्रमुख गिता दाहालले भनिन्–करोड होईन अरवौ÷खर्वौ लगानी गरेपनि ब्यवसाय अवैध छ भने वैध काम गर्न सुझाव दिनु जनप्रतिनीधीको कर्तब्य हो । 
व्यवसायीहरुले अनिश्चीतकालका लागि बालुवा गिटी बिक्री बितरण नगर्ने घोषणा गरेपछि नुवाकोटका भुकम्प पिडीत भने मर्कामा परेका छन् । पुस मसान्त सम्ममा दोस्रो किस्ता नलिएमा पैसा नपाउने सरकारले बताइरहेको अवस्थामा व्यवसायीहरुको हडतालले भुकम्पपिडीतहरु मर्कामा परेका हुन् । सहुलियत दिनुपर्छ भनेर ब्यवयाय वन्द गरेको विज्ञप्ती जारी गरिएपनि प्रशोधन केन्द्र र क्रसरबाट वालुवा विक्री भने नरोकिएको स्थानीय उपभोक्ताहरु बताउछन् । 

No comments:

Post a Comment