Wednesday, January 20, 2016

नुवाकोटमा प्रथम मिनि महोत्सवको तयारी

भूकम्पबाट प्रभावित भएको समुदायलाई मनोरञ्जन दिने र जिल्लाको कला संस्कृति र पर्यटनको विस्तारको लागि ‘प्रथम नुवाकोट मिनि महोत्सव’ आयोजना गरिने भएको छ। 
 
विदुर नगरपालिकाको बागटार कोलनीमा थ्रिडी युवा क्लबको आयोजनामा आउँदो माघ २१ देखि २९ गतेसम्म प्रथम मिनि महोत्सव आयोजना गरिन लागेको हो। नौ दिनसम्म सञ्चालन हुने महोत्सवको तयारी तीव्रताका साथ भइरहेको आयोजक समितिका अध्यक्ष विजय गुरुङले बताए। आयोजक समितिले नुवाकोट र काठमाडौँका सरोकारवालासँग अन्तरक्रिया र छलफललाई तीव्र बनाएको छ। 
 
मिनि महोत्सव आयोजककाअनुसार जिल्लाबाट काठमाडौँ गई स्थायी र अस्थायी बसोवास गरिरहेका नागरिक, राजनीतिक दलका नेता, कलाकार, उद्योगी व्यवसायीसँग अन्तरक्रिया समेत गरिएको छ। अन्तरक्रिया कार्यक्रममा नुवाकोट क्षेत्र नं.३ बाट निर्वाचित सांसद बहादुरसिंह लामा तामाङ, राप्रपाका सांसद राज्यलक्ष्मी श्रेष्ठ (पान्डे), नेपाली काँग्रेसका निर्वतमान जिल्ला सभापति ध्रुव अधिकारी, नेपाल चिकित्सक सङ्घका पूर्व केन्द्रीय अध्यक्ष डा केदारनरसिंह केसी, काँग्रेस जिल्ला कार्य समिति सचिव रमेशकुमार महत, नेपाल लोकदोहोरी प्रतिष्ठानका सल्लाहकार उज्ज्वलजङ्ग ठकुरीलगायतको सहभागिता रहेको थियो।

No comments:

Post a Comment