Thursday, August 1, 2013

पुरुषले महिलाबाट चाहने ६ कुरा

लोग्ने मान्छे भर्सेस आइमाइ मान्छेको वादविवाद अन्त्यहीन वादविवाद हो । अर्थात् यो विषयमा जसले पनि जुनसुकै कोणबाट आफुलाई माथि पार्नेगरी कुरा राख्न सक्छ । तर सत्य के हो भने पुरुषले महिलालाई कहिल्यैपनि बुझ्न सक्दैन र महिलाहरुले पुरुषलाई यथास्थितिमा स्विकार्न सक्दैनन् । तसर्थ यो लैंगिक मनोवैज्ञानिक युद्ध चलिरहन्छ । तर के त्यसो भए यस्तै युद्ध भैरहन दिने छ ? के महिला र पुरुषले एक अर्कालाई बुझ्नै सक्दैनन् त ? मनोविज्ञहरुका अनुसार यो असम्भव त होइन तर लैंगिक भिन्नता तथा चाहनाको असमानताका कारण यस्तो बुझाइ हासिल गर्न निकै कठीन हुन्छ ।
दुखको पाटो के भने महिला होस् वा पुरुष उसले आफ्नो सम्बन्धका बारेमा निकै महत्वाकांक्षा राख्दछ । त्यस्ता महत्वाकांक्षाले अन्ततः रिस, निरासा, दिक्कपना तथा झगडा निम्ताउँछ ।
महिलाको हकमा उनलाई आफ्नो पुरुष पार्टनरलाई बुझ्नु खासै गाह्रो हुँदैन भनिन्छ । त्यसैले यो अर्थमा महिलाहरु भाग्यमानी हुन्छन् । अर्थात् महिलाहरुलाई उनीहरुको पुरुष पार्टनरलाई खुसी राख्नका लागि खासै धेरै मेहेनत गर्नुपर्दैन । पुरुषको मनोविज्ञान उतिसारो जटिल हुँदैन त्यसले उसले सिधा सोँच्छ र सोही चाहन्छ । सोही सिधा कुरा बुझेर सोही अनुरुप महिला पार्टनरले गरिदिएमा पुरुष खुसी हुन्छ र उसलाई खुसी हुनका लागि अरु चाहिँदैन । एक पुरुषले आफ्नो महिला पार्टनरबाट निम्न कुराको अपेक्षा गरेको हुन्छ ः
इमान्दार प्रतिक्रिया :  महिला मित्रहरु, तपाइँले आफ्नो पुरुष पार्टनरलाई प्रभावमा पार्ने निहुँमा नक्कली संवेदना तथा प्रतिक्रिया सिर्जना नगर्नुहोस् । यदि तपाइँलाई उसले लगाएको कुरा मन परेको छैन भने सिधै भनिदिनुहोस् । लुकाउने कुरै छैन । यदि नराम्रो कुरालाई पनि राम्रो भनेर ढाँट्ने कोसिस गर्नुभयो भने भविष्यमा नराम्रो कुराको पोल खुल्नेछ र त्यसबाट तपाइँको इमान्दारिताको गरिबी पार्टनरले थाहा पाउनेछ । भन्न खोजेको कुरा के भने पुरुषहरु नराम्रो कुराको आलोचना सुन्न हिच्किचाउँदैनन् ।
सुझाव र प्रसंसा : महिलाले जस्तै पुरुषले पनि सल्लाह सुझाव चाहन्छन् । बधाइ तथा धन्यवादका भोका हुन्छन् । उसले राम्रो काम गरेको छ भने प्रसंसा गर्न नभुल्नुहोस् ।
सम्भोग : अवश्य पनि यो जैविक चाहना र आवश्यकता हो । पुरुषले महिलाबाट चाहने एउटा महत्वपूर्ण कुरा भने निश्चय पनि सेक्स हो । केवल सेक्स मात्र होइन पुरुषले महिलाबाट भरपूर माया, आलिंगन तथा चुम्बनको समेत अपेक्षा गरेको हुन्छ ।
हँसिमजाक :  महिला पार्टनर कत्तिको हँसिलो छ र उनमा सेन्स अफ ह्युमर कति छ ? भन्ने कुराले पुरुषको खुसीको स्तर निर्धारण गरेको हुन्छ । जोक्स, चुटि्कला, हाँसो तथा मुस्कान पुरुषले सुन्न र हेर्न चाहने कुराहरु हुन् ।
स्वच्छन्दता :  पुरुषले चाहने अर्को कुरा भने स्वच्छन्दता र स्वतन्त्रता हो । त्यसैले आफ्नो पार्टनर कतै घुम्न निस्किँदा, कोही महिला सहकर्मीसँग हेलमेल गर्दा तथा केही लामो समय घरबाहिर बिताउँदा शंका गर्ने बानी छ भने त्यो त्याग्नुहोस् । अधिकांस पुरुषले स्वच्छन्दता र स्वतन्त्रतालाई इमान्दार ढंगले उपयोग गर्छन् र आफ्नो सम्बन्धमा सधै इमान्दार हुन्छन् । उनीहरुलाई उनीहरुको सामाजिक तथा व्यवसायिक जिवनले त्यस्तो खालको बाह्य सम्बन्धका लागि बाध्यता सिर्जना गरिरहेको पनि हुनसक्छ । त्यसैले पुरुष पार्टनरको मनोभावना बुझ्नुपर्छ ।
विश्वास :  सम्बन्ध दिगो तथा सुखमय बनाउनका लागि सबैभन्दा महत्वपूर्ण चिज भनेकै विश्वास हो । यो संसार विश्वासमै अडेको हुन्छ । त्यसैले दाम्पत्य वा प्रेम सम्बन्धमा पनि विश्वास सबैभन्दा महत्वपूर्ण हुन्छ । अनावश्यक आशंका गर्ने, कचकच गर्ने, हरेक कुरालाई शंकाको नजरले हेर्ने काम कहिल्यै गर्नुहुँदैन ।

No comments:

Post a Comment