
शाहले आफ्नो प्रतिक्षामा घन्टौंदेखि मुस्ताङ चोकमा कुरेर बसेका नगरबासीलाई गाडीबाट ओर्लेर पैदल यात्रामै साथ दिए। उनले करिब एक किलोमिटर दूरीको फिस्टेल लजसम्म झण्डै एक घण्टा हिँडेरै यात्रा तय गरे। ज्ञानेन्द्र फेवातालमा फेरि चढेर उनी फिस्टेल लज पुगेपछि उनका समर्थकहरु फर्किएका थिए।
पूर्वराजालाई लेखनाथको राधाकृष्ण मन्दिरमा भेला भएका सयौं पोखरेली युवाहरुले मोटरसाइकलबाट स्कर्टिङ गर्दै पोखरासम्म लाइएका थिए। स्वागत समिति अन्तर्गतको प्रचार उपसमितिका संयोजक अर्जुन बस्नेतले पूर्वराजालाई पाँच सयभन्दा बढी मोटरसाइकलले स्कर्टिङ गरेका थिए। नगरबासीले पञ्चेबाजासहित नाचगान गर्दै स्वागत गरेका थिए।
सत्तारुढ एनेकपा माओवादी कास्कीले धार्मिक भ्रमणका नाममा राजनीति गर्न खोजेको भन्दै शाहको भ्रमण बिथोल्ने चेतावनी दिए पनि कतै अवरोध पुर्याएन। पूर्वराजा शाहले शुक्रबारबाट एक सातासम्म म्याग्दी, बाग्लुङ, पर्वत, कास्की, स्याङ्जा र तनहुँका विभिन्न मठमन्दिर पुगेर देवीदेवताको दर्शन गर्ने कार्यक्रम छ
No comments:
Post a Comment