Monday, September 10, 2012

नेपाल डिभिजन फोर क्रिकेट च्याम्पियन अमेरिका ८ विकेटले पराजित


        नेपालले आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन फोरको उपाधि जितेको छ । सोमबार भएको फाइनलमा अमेरिकालाई ८ विकेटले पराजित गर्दै नेपाल डिभिजन फोर च्याम्पियन बनेको हो ।
यो डेढ दशकको अन्तराष्ट्रिय क्रिकेट खेलेको नेपालले अहिलेसम्म हात पारेको सबैभन्दा ठूलो उपाधि हो । यसअघि सन् २०१० मा अमेरिकालाई नै पराजित गर्दै डिभिजन फाइभको उपाधि उचालेको छ । आइतबार डिभिजन फोरको फाइनलमा पुगेसँगै नेपाल डिभिजन थ्रीमा उक्लिसकेको छ ।
         अमेरिकाले प्रस्तुत गरेको १ सय ४६ रनको विजयी लक्ष्य नेपालले ज्ञानेन्द्र मल्लको अर्धशतकको मदतमा ओभरमा विकेटको क्षतिमा भेट्टायो । स्कोर बोर्डमा ९ रन हुँदा पहिलो विकेटका रुपमा अनिल मण्डललाई व्यत्तिगत ३ रनमा गुमाएको नेपालको पारी मल्ल र सुवाष खकुरेलले सम्हालेका थिए । सुवाससँग ९३ रनको साझेदारी गरेका मल्ल व्यक्तगत ६६ रनमा आउट भए ।
निकै आकर्षक पारी खेलेका उनले ३ छक्का र ७ चौकको मदतमा ६५ बलमा ६६ रन बनाएका हुन् । खकुरेल र कप्तान पारस खड्का रनमा अविजित रहे ।
             यसअघि किनरारा ओभलमा टस जितेर व्याटिङ थालेको अमेरिकाले ४८ दशमलव १ ओभरमा सबै विकेट गुमाएर १ सय ४५ रन बनायो । अमेरिकालाई सस्तैमा समेट्ने क्रममा बसन्त रेग्मीले ५ विकेट लिए भने शक्ति गौचनले २ कप्तान पारस खड्का, विनोद दास र संजम रेग्मीले समान १-१ विकेट लिए ।
फाइनलमा ५ विकेट लिएका बसन्त  प्लेयर अफ दि म्याच बने भने प्रतियोगिता भर सर्वाधिक २१ विकेट लिएका उनी  प्लेयर अफ दि टुर्नामेन्ट समेत घोषित भए । प्रतियोगितामा सुवाषले बनाएको १ सय १५ रन व्यक्तिगततर्फ सर्वाधिक स्कोर हो भने नेपाली सिनियर क्रिकेटमा राष्ट्रिय कीर्तिमान हो । यसैगरी नेपालका शक्ति गौचनले किफयति बलिङ गर्ने क्रममा १० ओभरमा ८ मेडन राख्दै २ रन दिएर ३ विकेट लिएर विश्व कीर्तिमानी प्रर्दशन गरे । नेपालका अनिल मण्डलले १ सय १३ रनको पारी खेल्दै शतक पुरा गरे । विगतका खेलहरुमा व्याटिङ नचलेको भन्दै आलोचना खेपेको नेपाली टोलीले यो पटक भने व्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गरेपछि सबै खेल जितेर उपाधिमात्र हात पारेन, ऐतिहासिक सफलता हात पार्दै नेपाल डिभिजन थ्रीमा बढुवा भएको छ ।
यसैबीच सिंगापुर प्रतियोगितामा तेस्रो भएको छ । सोमबार नै भएको खेलमा डेनमर्कलाई ५ विकेटले पराजित गर्दै सिंगापुर तेस्रो भएको हो । डेनर्माकलाई ८३ रनमा समेटेको सिंगापुरले १६ दशमलव २ ओभरमा ५ विकेटको क्षतिमा जित हात पारेको थियो । यस्तै तान्जनियालाई ५ विकेटले हाराउँदै मलेसिया पाँचौ भएको छ ।

No comments:

Post a Comment