Sunday, July 1, 2012

कोइराला-खनाल भेटवार्ता अध्यादेशवाट बजेट ल्याए प्रतिबाद गर्ने सहमति

१७ असार, काठमाण्डौ । कामचलाउ सरकारले अध्यादेश मार्फत नयाँ बजेट ल्याउने तयारी गरिरहेका बेला प्रतिपक्षी दल नेपाली काँग्रेस र नेकपा एमालेले सहमति बाहेक अन्य बाटोबाट बजेट ल्याउन खोजे प्रतिबाद गर्ने भएका  छन् । डल्लुस्थित खनाल निवासमा काँग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष खनालवीच आइतवार भएको भेटमा यस्तो सहमति भएको हो .दुई नेताबिच करिब एक घण्टा भएको भेटमा कामचलाउ सरकारका प्रधानमन्त्रीले राष्ट्रिय सहमतिका लागि मार्ग प्रशस्त गर्नुको साटो पूर्ण बजेट ल्याउन लागेको भन्दै दुबै नेताले दलहरूबीच सहमति गरेर मात्र नयाँ बजेट आउन सक्ने वताएका छन् । भेटमा सरकारबिरुद्धका आगामी कार्यक्रम, राष्ट्रिय सहमतिको सरकार र नयाँ बजेटका बिषयमा समेत कुराकानी भएको खनालका स्वीकय सभिव रामवावु अधिकारीले जानकारी दिनुभयो ।
भेटपछि सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै काँग्रेस सभापति सुशील कोइरालाले अहिलेको समसामयिक परिस्थिती र निकासका बिषयमा कुराकानी भएको बताउनुभयो । उहाँले दलहरुबीचको सहमति बेगर बजेट आउन नसक्ने दाबी गर्दै संबैधानिकरुपले कामचलाउ भईसकेको सरकारले राष्ट्रिय सहमतिका लागि बाटो खोल्नुपर्ने बताउनुभयो ।
यस्तै एमाले अध्यक्ष खनालले कामचलाउ बनिसकेको सरकारले जबरजस्ती बजेट ल्याउन खोजे त्यसको प्रतिबाद गरिने बताउनुभयो । सरकारबिरुद्धको आन्दोलनलाई आगामी दिनमा सशक्त रुपले कसरी अगाडी बढाउने भन्ने बिषयमा आफुहरुबिच कुराकानी भएको पनि उहाँले वताउनु भयो । खनालले प्रधानमन्त्री र अर्थमन्त्रीलाई सहमतिभन्दा बाहिरबाट बजेट नल्याउन सजग बनाईसकेको भन्दै दलहरु वीचको सहमतिभन्दा बाहिरबाट आएको बजेटले मुलुकको अर्थतन्त्रमा नकारात्मक असर पर्ने बताउनुभयो .

No comments:

Post a Comment