Thursday, April 5, 2012

वर्षमा १०० दिन रोजगारी, नभए ५० दिनको भत्ता


२३ चैत, काठमाडौं । सरकारले युवाहरुलाई वर्षमा कम्तिमा सय दिन रोजगारीको व्यवस्था गर्ने तयारी गरेको छ ।
वर्षमा एक सय दिन रोजगारीको व्यवस्था गर्ने र त्यसो हुन नसके त्यसको आधा समयको भत्ताको व्यवस्था गर्न विधेयक ल्याउन लागिएको प्रधानमन्त्री डा. बाबुराम भट्टराईले जानकारी दिनुभयो । ज्ञापन पत्र बुझाउन गएका बरोजगार युवासंघका नेता कार्यकर्तासँगको भेटमा प्रधानमन्त्री भट्टराईले रोजगारीलाई नयाँ बन्ने संविधानमा मौलिक हकका रुपमा स्थापित गर्न लागेको जानकारी गराउनु भयो ।
वर्तमान सरकार पूर्व सरकारले ल्याएको बजेटबाट चल्नु पर्ने वाध्यतामा रहेको भन्दै नयाँ कार्यक्रम ल्याउन नसकेको बताउनु भयो । उहाँले राष्ट्रिय स्वयम् सेवा अभियान अन्तरगत भोलिबाट सुरु हुने एक हप्ते काठमाडौ सरसफाई अभियानमा सक्रियतापूर्वक सहभागी हुन युवाहरुलाई आव्हान गर्नुभएको निजी सचिवालयले जनाएको छ ।
राष्ट्रिय स्वयम् सेवा अभियानमा परिचालित हुने युवाहरुलाई पूर्ण निःशुल्क भन्दा पनि नयाँ नेपाल निर्माण कोषबाट केही रकम विनियोजन गर्ने योजना रहेको उहाँले बताउनु भयो ।
संघका संयोजक चन्द्रबहादुर थापा सागरको नेतृत्वमा गएको टोलीले बुझाएको ज्ञापन पत्रमा बेरोजगारी युवाहरुलाई रोजगारीको व्यवस्थाका लागि कार्यतालिका सार्वजनिक गर्नु पर्ने लगायतको माग गरिएको छ । वाइसीएलले हालै बरोजगार युवासंघ बनाएको हो ।

No comments:

Post a Comment