Friday, March 30, 2012

पसल–पसलमा पाईन्छ पेट्रोल


सरकारले महिना दिनको अन्तर पारेर पेट्रोलियम पदार्थको मूल्यबृद्धी गरिरहेपनि पेट्रोलियम पदार्थको सहज आपूर्ति हुन सकेको   छैन । तर, पेट्रोल पम्पहरुमा सहज रुपमा नपाईने यस्ता पदार्थ खुद्रा पसलदेखि चिया दोकान सम्म पनि पाईने गरेको छ ।
जिल्ला प्रशासन कार्यालयको अनुगमन टोलीले ककनी र ओखरपौवावाट अवैध रुपमा विक्रीका लागी राखेको कृषि अनुदानको मल र प्रेट्रोलिय प्रदार्थ नियन्त्रणमा लिएको छ ।सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष पौडेलको नेतृत्वमा प्रहरी र प्रशासन कार्यालयको अनुगमनले ककनी ३ का विष्णुप्रसद भट्टको घरवाट ६१ वोरा र  ककनी ३ कै विरवहादुर लामाको पसलवाट २७ वोरा अनुदानको रासायनिक मल र २ सय लिटर डिजल नियन्त्रणमा लिएको हो ।
अनुगमन समितीले ककनीका पवित्रा लामाको घरवाट दुई हजार आठ सय लिटर डिजल, दुई सय लिटर प्रेट्रोल, ककनीका हरि लामीछानेको पसलवाट ७ सय लिटर डिजल र ओखरपौवाका रिता श्रेष्ठ, शान्ता लामा,उपेन्द्र श्रेष्ठ र रमिला श्रेष्ठको घरवाट दुई सय ७० लिटर प्रेट्रोल नियन्त्रणमा लिईएको प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले वताए ।
गाउँका सहकारीलाई सरकारी अनुदानमा वितरण गरिएको मल स्थानीय व्यवसायीहरुले खुल्ला रुपमा विक्री गरेको भेट्टीएपछि विक्रीका लागी राखीएको

मल अनुगमन समितीले व्यवसायीहरुलाई विक्री नगर्न निर्देशन दिएको छ । समितीले वरामद गरिएको प्रेट्रोलियम प्रदार्थ आयल निगमलाई छानविनको लागी आग्रह गरेको छ । पम्प व्यवसायीहरुले निगमले तोकेको भन्दा वढी मुल्यमा स्थानीय व्यवसायीलाई विक्री वितरण गर्ने गरेका कारण अवैध रुपमा वजारमा वढी मुल्यमा प्रेट्रोलियम प्रदार्थ विक्री हुदै आएको छ ।

No comments:

Post a Comment