Thursday, March 1, 2012

एमाले अध्यक्ष खनालको जीवनशैली आधुनिक सामन्तहरुको सरदारको जस्तो

 तराई मधेस लोकतान्त्रिक पार्टीले एमाले अध्यक्ष झलनाथ खनाल र अख्तियार आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायलाई आफ्नो सम्पत्ति वैध प्रमाणित गर्न चुनौती दिएको छ। बुधबार दिउँसो सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकले फोरम गणतान्त्रिकका अध्यक्ष जेपी गुप्ता भ्रष्टाचार मुद्दामा जेल गएजस्तै खनालदेखि उपाध्यायसम्मलाई आफ्नो सम्पत्ति वैध पुष्टि गर्न चुनौती दिएको हो। केही दिनअघि मधेसका सबै दल 'भ्रष्टहरुको झुन्ड' हो भन्ने एमाले अध्यक्ष खनालको भनाइप्रति आक्रोशित हुदै बैठकले खनालको उक्त अभिव्यक्ति खेदजनक, गैरजिम्मेवार र हास्यास्पद भएको ठहर गरेको छ। 'तराईका दलहरुलाई भ्रष्ट देख्ने एमाले अध्यक्ष खनालको जीवनशैली आधुनिक सामन्तहरुको सरदारको जस्तो छ,' तमलोपाका सहमहामन्त्री जितेन्द्र सोनारले बैठकपछि भने, 'उहाँलाई हामी आफ्नो सम्पत्ति वैध प्रमाणित गर्न चुनौती दिन्छौं।'
बैठकले प्रमुख दलका शीर्षनेता संघीयताबिनै संविधान ल्याउने तयारी रहेको ठहर गर्दै त्यसलाई मधेसले कुनै हालतमा स्वीकार नगर्ने निष्कर्ष निकालेको छ। मधेसलाई दुई प्रदेशमा विभाजन गरेको प्रति आपत्ति जनाउँदै आफूहरु समग्र मधेस एक प्रदेशभन्दा बाहिर जान नसक्ने निचोड निकालेको छ

No comments:

Post a Comment