कांग्रेस शोक सभा
नेपाली कांग्रेस नुवाकोटका पूर्व उपसभापति रामप्रसाद सापकोटाको निधन भएको तेह्ौ दिन बुधवार सदरमुकाम विदुरमा शोक सभा आयोजना भएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति नुवाकोटको आयोजनामा भएको शोकसभामा वक्ताहरुले सापकोटाको योगदानको चर्चा गरेका थिए । कार्यक्रममा बोल्दै कांग्रेस नुवाकोटका सभापति जगदिश्वर नरिसंह केसीले सापकोटा नुवाकोटका कांग्रेसहरुको अभिभावक भएको वताउनुभयो । केसीले सापकोटाको निधनले पार्टिलाई अपुरणीय क्षती पुर् याएको बताउनुभयो । सापकोटाको चार दशक लामो राजनीतिक जीवनवाट नयाँ पुस्ताले पनि पाठ सिक्नुपर्ने उहाँले वताउनुभयो । सापकोटाको निधनमा शोक व्यक्त गर्दै कांग्रेस केन्द्रीय सदस्य अर्जुननरिसंह केसीले पनि शोक वक्तव्य पठाउनुभएको थियो । <br>
कांग्रेस नुवाकोटका कोषाध्यक्ष फैसिङ तामाङको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस नुवाकोटका सुरेन्द्रप्रसाद अधिकारी वासु सापकोटा नेपाल महिला संघकी अध्यक्ष विन्दा अर्याल प्रेस युनियनका केन्द्रीय सदस्य शिव देवकोटा जिल्ला अध्यक्ष श्रीराम नेपाल लगायतले सापकोटको राजनीतिक जीवनको प्रसंशा गरेका थिए ।
उपचार कोष स्थापनाः
यसैविच सापकोटाको स्मृतीमा कांग्रेस नुवाकोटका पूर्व जिल्ला सदस्य वासु सापकोटाले उपचार कोष स्थापना गर्नुभएको छ । सापकोटाको स्मृतीमा आफैंले १० हजार रुपियाँवाट स्मृती कोष शुरु गरेको घोषणा गर्दै अक्षय कोषमा थप सहयोग गर्न आग्रह समेत गर्नुभएको छ ।

No comments:
Post a Comment